भन्सार छलीका सामान बरामद

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते ४:०१ मा प्रकाशित

बाँके, ६ कात्तिक । भन्सार छलेर नेपालगन्ज ल्याउँदै गरेको करिब ६० हजार मूल्यबराबरका विभिन्न खाद्यान्न सामग्री जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले मंगलबार राती बरामद गरेको छ ।

प्रहरी नायब उपरीक्षक प्रेम बस्नेतका अनुसार प्रहरीले तस्करहरुबाट चिनी चार बोरा, चामल दुई बोरा, तेल २०० लिटर, दाल चार बोरा, धनिया एक बोरा, सख्खर एक बोरा, सर्फ एक बोरा, चना एक बोरा र बिस्कुट एक बोरा बरामद गरेको हो । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us