विदेशी मुद्राको अवैध करोबारी पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक ५ गते १३:४८ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक- विदेशी मुद्राको अवैध करोवारमा संलग्न रहेको अभियोगमा अदालतबाट दोषी ठहर भई फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने काठमाण्डुको लैनचौरस्थित इन्टर कन्र्सनका सञ्चालक श्यामकुमार राजकर रहेका छन्  । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले उनलाई मंगलबार दिउँसो लैनचौरबाट पक्राउ गरेको हो । २४ असार २०६७  मा उनलाई अदालतले २७ लाख ६ हजार तीन सय जरिवाना तोकेको थियो ।

उनले कन्र्सनका नाममा कम्प्युटर पार्टस्, हार्डडिस्क तथा फ्लोपी पैठारी गर्ने भन्दै राष्ट्रिय बाणिज्य बैंक नयाँबानेश्वर शाखामा खोलेको प्रतिपत्रअनुसार उल्लेखति सामान पैठारी भएको देखाउन नक्कली एयर वे विल र कागजात पेश गरी २७ हजारभन्दा धेरै अमेरिकी डलर अपचलन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us