विदेशमा कमाएको नाम र दाम नेपालमा लगानी गर: कोइराला

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते १२:१२ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– अर्थमन्त्री शंकर कोइरालाले विदेशमा कमाएको नाम र दामको केही अंश मातृभूमिमा लगानी गर्न गैरआवासीय नेपाली संघ एनआरएनलाई आग्रह गरेका छन् ।
shankar koiralaकाठमाडौामा जारी एनआरएन विश्व सम्मेलनका अवसरमा सोमबार भएको अन्तरक्रियामा उनले नेपालका जुनसुकै क्षेत्र लगानी योग्य रहेको बताए । सरकार अध्यादेशमार्फत औद्योगिक व्यवसायिक ऐन ल्याउन लागिपरेको भन्दै उनले ऐनले लगानीकर्ताको हित गर्ने दाबी गरे ।

‘तपाईंहरु जुन व्यवसायमा फाइदा हुन्छ, त्यसैमा लगानी गर्नुस्’, कोइरालाले भने, ‘तपाइंहरुको ज्ञान, सीप, अनुभव र पूाजी देशका लागि अपेक्षित छ ।’
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेले रेमिट्यान्स कुन क्षेत्रमा लगानी भयो भन्नेबारे लेखाजोखा हुनुपर्ने बताए ।

लगानी बोर्डका कार्यकारी प्रमुख राधेश पन्तले राष्ट्रिय गौरव र प्रस्तावित आयोजनाका विषयमा जानकारी गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us