काँग्रेसले जिते मात्र प्रजातन्त्र बलियो हुन्छ: पौडेल

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते १०:४० मा प्रकाशित

तनहुँ, ४ कात्तिक– काँग्रेस उपसभापति रामचन्द्र पौडेलले आफ्नो पार्टीका पक्षमा देशव्यापी
Ramchandra-Paudelचुनावी लहर आएको दाबी गरेका छन् ।
गृहजिल्ला तनहुँको दमौलीमा चुनावी घरदैलो अभियानको सोमबार उद्घाटन गर्दै उनले लोकतान्त्रिक संविधान निर्माणका लागि जनताले काँग्रेसलाई बहुमत दिने दाबी गरे ।
काँग्रेस बोलेका कुरा पूरा गरेर देखाउने पार्टी भएकाले आफूहरुलाई मत दिन उनले आग्रह गरे । ‘देशभर काँग्रेसका पक्षमा जनलहर देखिएको छ’, पौडेलले भने, ‘लोकतन्त्र, राष्ट्र र जनताका पक्षमा काँग्रेसले जे बोल्छ त्यो गरेर देखाउँछ ।’
उपसभापति पौडेलले पटकपटकका क्रान्तिको नेतृत्व काँग्रेसले गरेको जिकिर गर्दै काँग्रेस बलियो भएमात्र प्रजातन्त्र बलियो हुने तर्क गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us