
सिरहा, ४ कात्तिक– सिरहा सदरमुकाममा एक महिलाको शव फेला परेको छ । आँखामा चोट लागेको अवस्थामा अन्दाजी ३५ बर्षीया महिलाको शव फेला परेको हो ।
उनको सनाखत भएको छैन । शवलाई पोष्टमार्टमकालागि जिल्ला अस्पतालमा राखिएको छ ।
अन्तै हत्या गरी सिरहा सदरमुकाम ल्याएर शव फालेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।