संघीय समाजवादी पार्टीको घोषणापत्र तयार

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते ३:४० मा प्रकाशित

Federal-socialist-party-sanghiyaकाठमाण्डु, ४ कात्तिक– प्रत्यक्ष निर्बाचित समावेशी राष्ट्रपतिको अवधारणा सहित संघीय समाजवादी पार्टीले आफ्नो चुनावी घोषणापत्र तयार पारेको छ । संघीय समाजवादी पार्टीले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री फरक–फरक जाति, लिङ्ग र प्रदेशको हुने अवधारणा सहितको घोषणापत्र तयार पारेको हो ।

घोषणापत्रमा राष्ट्रपतिको सिफारिसमा प्रधानमन्त्री संसदले अनुमोदन गर्नुपर्ने प्रस्ताव गरिएको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी हुने र प्रधानमन्त्री राष्ट्रपतिको सहयोगी हुने प्रस्ताव सहितको घोषणापत्र तयार पारिएको संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

पहिचानमा आधारित १४ प्रदेश घोषणापत्रमा समेटिएको छ । यसअघिको संविधानसभाको राज्य पुनर्संरचना समितिले तयार पारेको १४ प्रदेशको अवधारणालाई जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्ने संघीय समाजवादीको प्रस्ताव छ ।

आगामी सात गते भित्र घोषणापत्र सार्बजनिक गर्ने सो पार्टीको तयारी छ । संघीय समाजवादी पार्टीका महासचिव श्रेष्ठले भने, ‘चुनावी घोषणापत्र तयार भैसकेको छ, अब छपाइको प्रकृया शुरु हुन्छ । आउँदो सात गते भित्र सार्बजनिक गर्ने तयारी गरेका छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us