राप्रपा नेपालले मेचीकाली रथयात्रा शुरु गर्दै

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते ४:३५ मा प्रकाशित

raprapa-nepal-jhandaकाठमाण्डु, ४ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चुनावी प्रचार प्रसारको क्रममा सोमबारदेखि राष्ट्रिय मेचीकाली एकता रथयात्रा शुरु गर्दैछ । राष्ट्रिय एकता र अखण्डताकालागि भन्दै राप्रपा नेपालले गोर्खाबाट रथयात्रा शुरु गर्न लागेको हो ।

गोरखाको कालीका मन्दिरमा पूजा गरी मध्यान्हदेखि रथयात्रा शुरु हुने राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । यात्राको क्रममा १४ वटै अन्चलका मुख्य सहरहरुमा सभा गर्ने सो पार्टीले जनाएको छ । राप्रपा नेपालले सोमबार कास्की र तनहुमा सभा गर्ने कार्यक्रम तय गरेको छ ।

मेचीकाली रथयात्रा आगामी १४ गते काठमाण्डुको खुलामन्चमा आएर टुंगिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us