तनहुँका ४२ हजार घरधुरी विद्युत् सेवाबाट वञ्चित

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते १:५४ मा प्रकाशित

तनहुँ, ४ कात्तिक – तनहुँका ४२ हजार ३०९ घरधुरीका मानिस विद्युत् सेवावाट वञ्चित भएका छन् । जिल्ला विकास समिति तनहुँले चालु आर्थिक बर्ष २०७०÷७१ को जिल्ला विकास योजना पुस्तिकामा तयार गरेको तथ्याङ्कमा उक्त घरधुुरीका मानिस विद्युत् सेवाबाट वञ्चित भएको देखाइएको छ ।

जिल्लामा रहेका कुल ७८ हजार ३०९ घरधुरीमध्ये हालसम्म ३६ हजार घरधुरीका बासिन्दामात्र विद्युत् सेवाबाट प्रत्यक्ष लाभान्वित भएका छन् । यसरी लाभ लिनेमा राष्ट्रिय प्रसारण लाइनबाट २३ हजार ५००, लघुजलविद्युत्बाट आठ हजार ७९४, सोलार प्रणालीबाट तीन हजार ७०६, गोबरग्यास प्लान्टबाट सात हजार ६५२, सुधारिएको चुल्होबाट पाँच हजार २७५ र पेल्ट्रिक सेटबाट ६८५ घरधुरी रहेका छन् ।

त्यसैगरी ४६ गाविस एक नगरपालिका रहेको यस जिल्लामा सडक सुविधा ४५ वटा गाविस र नगरपालिका क्षेत्रमा पुगे पनि जिल्लाको देवघाट गाविसमा भने अझै पनि सडक सुविधा पुग्न नसकेको उक्त तथ्याङ्कले देखाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us