स्थिर सरकारका लागि माओवादीलाई बहुमत: प्रचण्ड

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते १४:३६ मा प्रकाशित

डोटी, ३ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थिर सरकार र जनपक्षीय संविधान निर्माणका लागि परिवर्तन पक्षधरलाई दुई तिहाई बहुमत दिन मतदातालाई अपिल गरेका छन् ।
PushpaKamalDahalPrachandaडडेलधुरामा आइतबार भएको चुनावी सभामा बोल्दै उनले स्थिर सरकारका लागि आफ्नो पार्टीलाई बहुमत र जनपक्षीय संविधानका लागि संघीयता पक्षधरलाई दुई तिहाई बहुमत दिन अपिल गरेका हुन् ।
उनले संविधानसभाबाट संविधान जारी भए मात्र सुदूरपश्चिमसहित उत्पीडित क्षेत्र र जनताको मुक्ति हुने बताए । उनले विकासका लागि प्रतिबद्ध भएर पनि बहुमत नहुँदा अरुको वैशाखी टेकेर सरकार चलाउनु परेका कारण सोचेअनुसार काम गर्न नसकिएको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us