उम्मेदवारी फिर्ता लिन सुशीललाई वैद्यको पत्र

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते १३:४२ मा प्रकाशित

बाँके, ३ कात्तिक– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध मोर्चाले काँग्रेस सभापति सुशील कोइरालालाई संविधानसभा सदस्य उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै पत्राचार गरेको हो ।
sushilमोर्चाले कांग्रेस बाँकेमा सभापति अरुण कोइरालामार्फत सभापति कोइरालालाई आइतबार पत्र पठाएको हो ।

४ मंसिरको निर्वाचनका लागि चितवन– ३ र बाँके ४ बाट उम्मेदवारी दिएका काइराला पार्टीको चुनावी घोषणात्रलाई अन्तिम रुप दिन काठमाण्डुमा छन् ।

निर्वाचन बहिस्कारको घोषणा गरेको माओवादी मोर्चाले शनिबारदेखि देशभरका उम्मेदवारलाई भेटेरै  उम्मेदवारी फिर्ताको आग्रहसहितको पत्र बुझाउँदै आएको छ ।
नेकपा–माओवादीका बाँके सचिव नवीन शर्माले कोइरालासँगै बाँकेबाट उम्मेदवारी दिएका एकीकृत माओवादीका पूर्णा सुवेदी र महेश्वर गहतराज, काँग्रेसका कृष्णमान श्रेष्ठ, एमालेका दलबहादुर सुनार र देवराज भारलगायतलाई उम्मेदवारी फर्ता लिन आग्रह गरिएको पत्र बुझाइएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us