मन्त्रिपरिषद् अध्यक्षबाट मतपत्र छपाइको निरीक्षण

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते ९:०६ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आसन्न संविधानसभा निर्वाचनका लागि मतपत्र छाप्ने काम भइरहेको जनक शिक्षा सामग्री khilrajकेन्द्र भक्तपुरको निरीक्षण गरेका छन् ।
रेग्मी निर्वाचन आयोगका पदाधिकारी र उच्च सुरक्षा अधिकारीका साथ निरीक्षणका लागि आइतबार जनक शिक्षा पुगेका थिए । जनक शिक्षामा हाल प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य जारी छ ।

जनक शिक्षाका अधिकारीले सुरक्षाको कारण देखाउँदै अध्यक्ष रेग्मीबाहेक कसैलाई पनि मतपत्र छाप्ने स्थलसम्म जान दिएनन् । जनक शिक्षाले यसअघि समानुपातिकतर्फको झण्डै एक करोड मतपत्र छापिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us