नेकपा–माओवादीद्वारा सेती–महाकाली बन्द

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते ४:४४ मा प्रकाशित

दार्चुला, ३ कात्तिक । नेकपा–माओवादीले आइतबार सेती–महाकाली बन्द घोषणा गरेको छ । शान्तिपूर्ण आन्दोलनको बेला आफ्ना कार्यकर्ता गिरफ्तार गरेको भन्दै उसले बन्द घोषणा गरेको हो ।

शनिबार डोटीमा आयोजित चुनावी समारोहलाई सम्बोधन गर्न पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई डोटी प्रवेशमा रोक लगाउन डोटी, अछाम र बाजुरामा यातायत बन्द आयोजना गरिएको थियो । बन्दको आह्वान गरेको बहानामा पार्टीका डोटी जिल्ला इन्चार्ज विवेक, अनेरास्ववियु (क्रान्तकारी) केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र चलाउने, केन्द्रीय सचिवालय सदस्य गणेश रैकाल र पार्टीको डोटी जिल्ला सचिवालय सदस्य वीरबहादुर थापालाई गिरफ्तार गरिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको सो पार्टीद्वारा जारी विज्ञाप्तिमा भनिएको छ ।

बन्दले सेती महाकालीका सात जिल्लामा यातायात ठप्प भएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us