उम्मेदवारले नै पार्टी छाडे

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते ३:४३ मा प्रकाशित

चितवन, ३ कात्तिक । चितवन क्षेत्र नम्बर ५ का एक उम्मेदवारले आफ्नो पार्टी परित्याग गरी अर्काे पार्टीमा प्रवेश गरेको घोषणा गरेका छन् । नेपाल राष्ट्रिय विकास पार्टीबाट क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका तेजकुमार श्रेष्ठ (राजु) ले पार्टीप्रति चित्त नबुझेको भन्दै आइतबारदेखि पार्टी छाडेको घोषणा गरेका हुन् ।

उनले आफू राप्रपामा प्रवेश गरेकोसमेत बताएका छन् । अब राप्रपाका ५ नम्बर क्षेत्रका उम्मेदवार तथा केन्द्रीय महामन्त्री विक्रम पाण्डेलाई सहयोग गर्ने उनको भनाइ छ ।

चितवन जिल्लामा अहिलेसम्म ११५ जनाले उम्मेदवारी दिएका छन् । जसमा ११ जनाको स्वतन्त्रतर्फबाट उम्मेदवारी परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us