पास्नी खाएका ४२ जना विरामी

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते ३:३९ मा प्रकाशित

सल्यान, ३ कात्तिक–सल्यानको सेजुवाल टाकुरामा पास्नीको भोज खाँदा ४२ जना विरामी परेका छन् । सेजुवाल टाकुरा–८ रानीकोटका राजन केसीकी छोरीको पास्नी भोज खाएकाहरु विरामी परेका हुन् ।

भोज खाएकाहरुमा वान्ता हुने, रिँगाटा लाग्ने, बेहोस हुने जस्ता लक्षण देखिएको थियो । विरामी परेकामध्ये २९ जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ । बाँकीलाई भने कान्तिपुर सामुदायीक अस्पताल श्रीनगरमा भर्ना गरिएको छ । उपचारमा संलग्न चिकीत्सकहरुले विशाक्त खानाका कारण विरामी परेकाहरुको अवस्था खतरामुक्त रहेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us