चुनाव सुरक्षाका लागि सेना परिचालन

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते ७:१६ मा प्रकाशित

Nepal-Army_20100923082843काठमाण्डु, ३ कात्तिक–संविधानसभा चुनाव आउन ठीक एक महिना अघि सरकारले आइतबारबाट नेपाली सेना परिचालन गरेको छ । आगामी मंसिर ४ गते हुने संविधान सभा सदस्य निर्वाचन सुरक्षित  र भयरहित बनाउन ६१ हजार ९ सय ९५ हजार नेपाली सेना परिचालित भएका हुन् ।

एकीकृत निर्वाचन सुरक्षा योजनामा बर्गिकरण गरिए अनुसार सामान्य जिल्लामा मतदान स्थलबाहेकको बाहिरी सुरक्षा जिम्मेवारी सेनाले सम्हाल्ने छ । अतिसंवेदनशिल तथा संवेदनशिल जिल्लामा मतदान स्थलको तेस्रो घेरामा सुरक्षा प्रदान गर्नेछ । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अहिले सुरक्षा प्रदान गर्दै आएको महत्वपूर्ण प्रतिष्ठान र संरचनाको सुरक्षा पनि नेपाली सेनाले गर्ने छ ।

सैनिक प्रवक्ता जगदिश पोख्रेलले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प खडा गरेर फ्ल्याग मार्च र पेट्रोलिङको काम गर्ने जानकारी दिए । प्रवक्ता पाख्रेलका अनुसार पहिलो चरणमा करिव ३५ हजार सेना खटिने छन् । नेपाली सेनाको ब्यवस्था तथा युद्धकार्य महानिर्देशनालयले निर्वाचनको जिम्मेवारी सम्हाल्नेछ । त्यहाँ खडा गरिएको ‘केन्द्रीय कमाण्डपोष्ट जंगी अड्डाले चुनाबी मैदानमा खटिने सेनासँग समन्वयको काम गर्नेछ । मतपत्र छपाइको काम भने यसअघि नै नेपाली सेनाले सम्हाल्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us