सोलुखुम्बुका म्यादी प्रहरी ओखलढुङ्गाबाट छनोट

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते २:१८ मा प्रकाशित

सोलुखुम्बु, ३ कात्तिक-संविधानसभा निर्वाचनका लागि खुल्ला गरिएको म्यादी प्रहरीका लागि सोलुखुम्बुबाट आवश्यक आवेदन नपरेपछि ओखलढुङ्गामा फारम भरेकाहरुबाट पदपूर्ति गरिएको छ । सोलखुम्बुका लागि ३२८ जना आवश्यक पर्ने भए तापनि २४४ जनाको मात्र आवेदन परेपछि ओखलढुङ्गामा सोलुखुम्बुको पनि आवश्यकतापूर्ति गर्ने गरी भर्ना गरिएको हो । यी दुई जिल्लाको म्यादी प्रहरी जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा छनोट गरिएको थियो ।

जिल्ला बाहिर छनोट हुने भएका कारण पनि धेरैले म्यादी प्रहरीप्रति उत्साह नदेखाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । ओखलढुङ्गाका लागि २६८ म्यादी प्रहरी आवश्यक पर्नेमा ३७० जना भर्ना गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us