सुदूरपश्चिमलाई प्राथमिकता दिने प्रचण्डको बाचा

काठमाण्डु टुडे २०७० कार्तिक २ गते १३:३५ मा प्रकाशित

बाजुरा, २ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सुदूरपश्चिम क्षेत्रको विकासलाई उच्च महत्व दिने बताएका छन् ।
Prachandaबाजुराको फालासैनमा शनिबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम पर्यटन प्रवद्र्धन र जलस्रोतको उपयोगमार्फत सुदूरपश्चिमको विकास गर्न सकिने बताएका हुन् ।

उनले आफ्नो पार्टीले उत्पीडित जाति र क्षेत्रका जनताको विकासबारे पहिल्यैदेखि आवाज उठाउँदै आएको भन्दै चुनावी प्रतिबद्धतापत्रमा समेत सुदूरपश्चिमको विकासबारे प्याकेज प्रस्ताव अघि सारेको उल्लेख गरे ।

गरिबीको सूचाङ्कमा ७५ औं स्थानमा रहेको बाजुराबाट चुनावीसभा थालेर आफूले विकट क्षेत्रलाई प्राथमिकतामा राखेको सन्देश दिएको उनको भनाइ थियो । उनले संविधानसभा निर्वाचनपछि गठन हुने सरकारमा बाजुराबाट सरकारमा प्रतिनिधित्व गराउने बचन पनि दिए ।

कार्यक्रममा  नेपाली काँग्रेसका महासमिति सदस्य पदमबहादुर शाही एकीकृत माओवादी प्रवेश गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us