ट्याक्सी चालकले कुटे पत्रकार

काठमाण्डु टुडे २०७० कार्तिक २ गते १०:२९ मा प्रकाशित

काठमाण्डु, २ कात्तिक– सौर्य दैनिकका पत्रकार विमल योगीमाथि काठमाण्डुको कलंकीमा आक्रमण भएको छ ।
bimal yogiदसैं मनाएर घरबाट राजधानी फर्कने क्रममा शुक्रबार राति कलंकलीस्थित मकालु पेट्रोल पम्म नजिकै एक व्यक्तिले आक्रमण गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट उनको टाउकामा चोट लागेको छ । योगीलाई नवलपरासी नारायणी गाविस स्थायी घर भएका ट्याक्सी चालक राजन बस्नेतले आक्रमण गरेको महानगरीय प्रहरी
वृत्त कालिमाटीका नायव उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए ।

सपरिवार बसबाट उत्रिएर अर्को ट्याक्सीमा चढ्ने तयारी गरिरहंदा आफ्नो ट्याक्सीमा नचढेको तथा भने जती भाडा दिन नमानेको भन्दै चालक बस्नेतले
आफूलाई आक्रमण गरेको योगीले बताए ।  प्रहरीले घटनामा संलग्नमाथि कानुनी कारबाही गरिने जनाएको छ ।

यसैबीच दाङ–काठमाण्डु पत्रकार समाजले पत्रकार योगीमाथि आक्रमण भएकामा आपत्ति जनाएको छ । समाजले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही तथा घाइतेको उपचार व्यवस्था मिलाउन माग गरेको छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us