एक करोड २२ लाख मतदाताले पाउने भए परिचयपत्र

काठमाण्डु टुडे २०७० कार्तिक १ गते १४:३१ मा प्रकाशित

काठमाण्डु १ कात्तिक–निर्वाचन आयोगले आइतबारदेखि मतदाता परिचयपत्रको तयारीको प्रक्रिया सुरु गर्ने भएको छ ।
election_commissionराष्ट्रिय परिचयपत्रलाई समेत ध्यानमा राखी तस्बिरसहितको मतदाता परिचयपत्रको तयारी गरेको आयोगले सो प्रक्रिया अघि बढाउन प्राविधिक र कानुनी रुपले अहिले नै सम्भव नभएपछि विकल्पका रुपमा मतदाता परिचयपत्र उपलब्ध गराउने निष्कर्षमा पुगेको हो ।

तस्बिरसहितको मतदाता परिचयपत्रमा मतदाताका सबै विवरण उल्लेख गरिएको हुने र सो परिचयपत्र प्लास्टिकको खोलसहितको हुने आयुक्त डा  अयोधिप्रसाद यादवले बताए ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको कागज र छपाइ यन्त्रको सहयोगमा सो परिचयपत्रको तयारी गर्न लागिएको आयुक्त डा  यादवले बताए । उनका अनुसार सो परिचयपत्र दुर्गम क्षेत्रबाट वितरण गर्न सुरु गरेर मतदान हुने दिनसम्म वितरण जारी राखिने छ ।
नागरिकता प्रमाणपत्रको आकारको सो परिचयपत्रको विवरणमा नाम थर, मतदाता नम्बर, पतीपत्नीको नाम, जिल्ला, निर्वाचन क्षेत्रलगायत विवरण समावेश गरिएको हुनेछ ।

आयोगले यस पटक तस्बिरसहितका मतदाताको नामावली दर्ता गर्दा एक करोड २२ लाख मतदाताले आफ्नो नाम दर्ता गराएका थिए । सोही सङ्ख्यामा परिचयपत्र पनि उपलब्ध गराउनुपर्नेछ ।

निर्वाचन आयुक्त दोलखबहादुर गुरुङका अनुसार निर्वाचनका लागि हालसम्म समानुपातिक निर्वाचनतर्पm डेढ करोड मतपत्र छापिसकिएको छ भने प्रत्यक्षतर्पmका उम्मेदवारको मतपत्र पनि केही दिनमै छापिसकिने छ । मतदाता शिक्षाका लागि राज्यका सबै निर्वाचन क्षेत्रमा ३० हजार मतदाता शिक्षा कार्यकर्ता खटिएकाछन ।
निर्वाचनका लागि १० हजार १४ स्थानमा १८ हजार ४५७ मतदान केन्द्र कायम गरिएको छ । प्रत्यक्षतर्पको निर्वाचनमा ६ हजार र समानुपातिक निर्वाचनका लागि १६ हजार उम्मेदवार चुनावी मैदानमा छन ।
अस्थायी मतदाताको नामावली सङ्कलन कार्य तदारुकताका साथ

निर्वाचन आयोगले संविधानसभा निर्वाचनका लागि अस्थायी मतदाताको नामावली सङ्कलन कार्य तदारुकताका साथ अगाडि बढाएको छ ।
निजामती सेवाका कर्मचारी, नेपाल सरकारका स्वामित्वमा रहेका निकाय, सैनिक, प्रहरी, कैदी थुनुवा तथा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकले समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्ने व्यवस्थाका लागि छुट्टै अस्थायी नामावली सङ्कलन कार्य भइरहेको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए ।
मुलुकका ७५ वटै जिल्लामा त्यस्ता अस्थायी मतदाताको नामावली सङ्कलन गर्ने कार्य गएको असोज २० देखि सुरु भई यही कात्तिक ५ गतेसम्म जारी रहनेछ । नामावली पठाउन जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लामा रहेका सरकारी तथा सरकारी स्वामित्वमा रहेका कार्यालयहरुलाई पत्राचार गरेको थियो ।
ती कार्यालयहरुले इमेल तथा हुलाकमार्फत आफ्ना कर्मचारीको नामसहित पठाएका विवरण जिल्ला निर्वाचन कार्यालयले अद्यावधिक गरिरहेको छ ।  काठमाडौँ जिल्लामा मात्र त्यस्ता अस्थायी मतदाताको सङ्ख्या ३० हजारको हाराहारीमा रहने जिल्ला निर्वाचन अधिकारी शम्भु चालिसेले जानकारी दिए ।
निजामती, सेना, प्रहरी तथा सरकारका स्वामित्वमा रहेका निकायका बहालवाला निर्वाचनमा नखटिएका, काम विशेषले स्थायी ठेगानाको मतदान केन्द्रमा जान नपाएका कर्मचारीलाई अस्थायी मतदाता मानेर आयोगले नामावली सङ्कलन गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।
त्यस्ता कर्मचारीले समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ । त्यस्तै मतदान केन्द्रमा निर्वाचनका सिलसिलामा खटिएका कर्मचारीले पनि अस्थायी मतदाताको हैसियतले निर्वाचनमा भोट खसाल्न पाउने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us