नगरकोट–धुलिखेल पर्यटन मार्ग अलपत्र

काठमाण्डु टुडे २०७० असोज २८ गते ९:४५ मा प्रकाशित

भक्तपुर, २८ असोज-पर्यटन वर्ष–२०११ लाई सफल बनाउन पर्यटकीय क्षेत्रलाई स्वच्छ एवम् सफा बनाई पर्यटकीय मार्गको विकास र संरक्षण गर्न निर्माण गरिएको नगरकोट धुलिखेल पर्यटन मार्ग अहिले अलपत्र परेको छ ।
नेपाल पर्यटन तथा पर्यावरण आधारशिला (नेटिफ)ले पर्यटन वर्षलाई सफल बनाउन सञ्चालन गरेको वातावरण संरक्षण अभियानसहित निर्माण गरेको पर्यटन मार्गको संरक्षण नहुँदा अहिले यो मार्ग अलपत्र परेको हो ।
नेटिफले पर्यटन मार्ग, पर्यटन विश्रामस्थल, फोहोर सङ्कलन स्थललगायत विभिन्न पूर्वाधारसमेत निर्माण गरेपनि अहिले यसको संरक्षण नहँुदा पर्यटन मार्ग अलपत्र परेको हो ।
नगरकोटलाई गन्तव्य बनाई नगरकोटबाट धुलिखेलसम्म जाने पदमार्ग वातावरणका लागि फोहोर फाल्ने डम्पिङ साइटसमेत ठाउँठाउँमा निर्माण गरेको थियो ।
पैदलमार्ग जाने पर्यटकलाई सहज बनाउन पदमार्ग चिह्न, गन्तव्य चिह्न, स्थानीय ठाउँदेखि पुग्ने ठाउँसम्मको नक्सा, वातावरण संरक्षणका लागि लेखिएका नारा र पक्की विश्रामस्थल, चोकचोकमा निर्माण गरेको थियो ।
चिसापानीदेखि नगरकोट हँुदै धुलिखेलसम्मको करिब २६ किमी पदमार्गमा राखिएका यस्ता पूर्वाधारले स्वदेशी तथा विदेशी पर्यटकलाई यात्रामा धेरै सहज बनाउने लक्ष्यका साथ राखिएको नेटिफका अध्यक्ष अरुण श्रेष्ठले बताए ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव दीपक लामिछानेले यहाँ निर्माण गरिएको पदमार्गको लागि पहल भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us