
काठमाण्डु, २५ असोज–यसपालीको नोबेल शान्ति पुरस्कार ओ.पी.सी.डब्लु नामक संस्थाले पाएको छ । सो संस्थाले सिरियामा रासायनिक हतियार प्रयोग विरुद्धको अभियानमा नेतृत्वदायी भुमिका खेल्दै आएको थियो ।
नर्बेको राजधानी ओस्लोमा सन् २०१३ को नोबेल शान्ति पुरस्कार घोषणा गरिएको हो ।
यो पुरस्कारको दावी सहित २ सय ५९ जनाको नाम सिफारिस भएको थियो । त्यसमा पाकिस्तानमा महिला शिक्षाको अभियान चलाउँदै आएकी १६ बर्षीया मलाला युसुफजाइको नाम पनि समावेश थियो ।
विश्व प्रतिष्ठित नोवेल पुरस्कार बिभिन्न ६ विधामा दिने गरिन्छ । तै पनि शान्ति पुरस्कारलाई विशेष महत्व दिने गरिन्छ । यसपाली शान्ति, साहित्य, भौतिक शास्त्र, चिकित्सा शास्त्र र रसायन शास्त्र विधाको नोबेल पुरस्कार घोषणा भैसकेको छ । अब अर्थशास्त्र तर्फको नोबेल पुरस्कार मात्र घोषणा हुन बाँकी छ ।