प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाण्डु टुडे २०७० असोज २३ गते १७:३८ मा प्रकाशित

काठमाण्डु २३ असोज–मुलुकका २४० वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ ।
मङ्सिर ४ गतेका लागि तोकिएको संविधानसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवार दिने उम्मेदवारको बुधवार अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले कार्यतालिका बनाएको थियो ।
निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारको २४० निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
अन्तिम नामावली प्रकासन सँगसँगै अब प्रत्यक्ष निर्वाचन प्रणालीमा ६ हजार एक सय ४७  उम्मेदवारले  चुनावमा प्रतिस्पर्धा गर्नेछन् ।
निर्वाचन आयोगले सो निर्वाचन प्रणालीमा चुनावी मैदानमा उत्रिएका उम्मेदवारलाई बिहीबार निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us