प्रधानसेनापति राणाको अमेरिका भ्रमण स्थगित

काठमाण्डु टुडे २०७० असोज २३ गते १७:२१ मा प्रकाशित

gauravकाठमाण्डु २३ असोज–अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमान्डका कमान्डर एडमिरल स्यामुल जे लक्लियर तेस्रोको औपचारिक निमन्त्रणामा हुन लागेकोे प्रधानसेनापति गौरव शम्शेर जबराको अमेरिका भ्रमण स्थगित भएको छ ।
संयुक्त राज्य अमेरिकाको होनोलुलु, हवाईमा आगामी कात्तिक ४ देखि ७ गतेसम्म हुने भनिएको १६ औँ प्रतिरक्षा प्रमुखको वार्षिक सम्मेलनमा प्रधानसेनापति जबरा भाग लिने कार्यक्रम तय भएको थियो । राणाको भ्रमणलाई मन्त्रिपरिषदले स्वीकृत पनि गरीसकेको थियो ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति जबरासँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक जामिइ म्याक गोल्डरिकले बुधवार शिष्टाचार भेट गरेका छन । सो अवसरमा उनीहरु वीच मानवीय सहयोग तथा विपद् व्यवस्थापनमा नेपाली सेनाको भूमिका, योगदान तथा अन्य सहयोगका विषयमा छलफल भएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us