
काठमाण्डु, २३ असोज– भ्रष्टाचार प्रमाणित भएपछि जेल परेका काँग्रेस नेता खुमबहादुर खड्का तोकिएको समय भुक्तान गरी बुधबार जेलमुक्त भए । एक समय ‘भ्रष्टाचारीलाई किरा परोस’ अभियानले खुबै चर्चा पाएको थियो । तर बुधबार दृश्य फरक देखियो ।
सर्वोच्च अदालतले पटकपटक मन्त्री हुँदा पदीय हैसियत दुरुपयोग गरी स्रोत नखुल्ने कराडौं सम्पत्ति जोडेको प्रमाणित भएपछि एक वर्ष जेलमा बिताएका खड्का छुट्दा सिन्दुर जात्रा नै गरियो । विभिन्न जिल्लाबाट बसमा ल्याइएका खड्कासमर्थित काँग्रेस कार्यकर्ताको ‘विजय जुलुस’ राजधानीको यातायात व्यवस्थापन नै प्रभावित हुनु पुग्यो । खड्का जेलबाट छुट्नुअघि र छुटेपछिका केही दृश्य ।
तस्वीरहरु/काठमाण्डु टुडे