मदिरा ओसार्न एम्बुलेन्सको प्रयोग

काठमाण्डु टुडे २०७० असोज २३ गते १७:०४ मा प्रकाशित

रौतहट, २३ असोज । प्रहरीले एक एम्बुलेन्सबाट बुधबार रौतहटको शिवनगरमा घरेलु मदिरा बरामद गरेको छ । कोपुवा पिपरिया गाविसबाट बिरामी काठमाण्डु पु¥याएर गौरतर्फ फर्कदै गरेको ना १ झ ९६७ नम्बरको एम्बुलेन्सबाट ३० लिटर घरेलु मदिरा बरामद भएको प्रहरीले जनाएको छ ।

दुई महिलाले मदिरा गौर पु¥याइ दिन आग्रह गर्दै भाडावापत १०० रुपैयाँ दिएपछि आफूले ल्याएको चालक नवलकिशोर यादवले प्रहरीलाई बताएका छन् ।
घरेलु मदिरासहित एम्बुलेन्सलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गौरमा पठाइएको इलाका प्रहरी कार्यालय शिवनगरले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us