चिनियाँ राष्ट्रपति इन्डोनेसियामा

काठमाण्डु टुडे २०७० असोज १६ गते १३:५९ मा प्रकाशित

जाकर्ता, १६ असोज–चिनियाँ राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणका लागि बुधबार इन्डोनेसिया पुगेका छन । उनलाई इन्डोनेसियाको राजधानी जाकर्तामा स्वागत गरिएको छ । राष्ट्रपति भएपछि गरिएको दक्षिण पूर्वी एसियाली राष्ट्रमा उनको यो नै पहिलो भ्रमण हो ।
राष्ट्रपति सिले त्यहाा रहादा इन्डोनेसियाका राष्ट्रपति सुसिलो वामवाङ युधोयोनो, उपराष्ट्रपति बोधियानो तथा संसदका नेताहरुसाग भेटघाट गरेका छन ।
सो भ्रमणका क्रममा राष्ट्रपति सिले त्यहााको सांसदहरुका साथै नेताहरुमाझ चीनको आगामी कार्यक्रमका साथै विकासका विविध पक्षका बारेमा सम्बोधन गर्नेछन ।
साथै चीन र आसियनकाबीचको आर्थिक सम्बन्ध र यसका क्षेत्रीय शान्तिका विषयमा पनि उनले सम्बोधन गर्ने उक्त समाचारमा जनाइएको छ ।
इन्डोनेसियाली राष्ट्रपतिले आफू चीनका राष्ट्रपतिसाग यी दुई देशबीचको आपसी सहयोग तथा समन्वयका साथै आर्थिक सम्बन्धको विकासलाई समेत सुमधुर बनाउने विषयमा कुराकानी गर्न आतुर रहेको बताए ।  यी दुई देश आपसका ठूला व्यापार साझेदार हुन् । गतवर्षमात्र यी दुईदेशका बीचमा करिब ६६ अर्ब अमेरिकी डलर बराबरको व्यापार भएको थियो । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us