सेनाको पूर्वी पृतनामा गोली हानाहान, एक जवानको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते १३:५५ मा प्रकाशित

nepal-army-logoइटहरी, १३ कात्तिक– इटहरीमा रहेको नेपाली सेनाको पूर्वी पृतना मुख्यालयमा एक जवानको गोली लागेर मृत्यु भएको छ ।

मुख्यालयमा बटुक दल गणका सेनाबीच गोली हानाहान हुँदा झापाका जवान हेमबहादुर कटुवालको मृत्यु भएको हो । २७ वर्षीय उनको शव मुख्यालय परिसरमै फेला परेको हो । घटनास्थलमा दुई बन्दुक पनि भेटिएको छ । दुई बन्दुक भेटिएको आधारमा पनि गोली हानाहान भएको बुझिने स्रोतले बताएको छ ।

सेनाबीच गोली हानाहान हुँदा मृत्यु भएको स्रोतले बताएपनि पूर्वी पृतना कार्यालय इटहरीले भने कटुवालले आत्महत्या गरेको दावी छ । घटनाको अनुसन्धान सुरु भइसकेको बताउँदै थप जानकारी अनुसन्धानपछि मात्र भन्ने पृतनाले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us