नेपालको सुरक्षाबारे भारतमा बैठक

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते १०:५६ मा प्रकाशित

election nepalजनकपुरधाम, १३ कात्तिक– आगामी संविधानसभाको निर्वाचनमा सुरक्षाका विषयलाई लिएर  नेपाल र भारतबीच पूर्वी धनुषाको सीमावर्ती भारतको जयनगरमा बैठक भएको छ ।

बैठकमा निर्वाचनमा कुनै पनि आपाराधिक क्रियाकलाप हुन नदिन दुबै देशका सुरक्षा अधिकारीहरु सहमत भएका छन् । बैठकबाट संविधानसभाको निर्वाचन हुनुभन्दा ४८ घन्टा पहिले नेपाल–भारत सीमाक्षेत्र शिल गर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जनाएका छन् ।

उनले भने, ‘नेपाल–भारत आवतजावत गर्ने व्यक्ति सवारीसाधनमाथि विशेष निगरानी राख्ने आपाराधिक क्रियालाप हुन नदिने उच्च सर्तकता अपनाउन द्विपक्षीय निर्णय भएको छ ।’

मंगलबार राति अबेरसम्म बसेको बैठकमा नेपालको तर्फबाट प्रजिअ मैनालीसहित जनकपुरका अञ्चल प्रहरी प्रमुख (एसएसपी) शिव लामिछाने, प्रहरी उपरीक्षक उत्तमराज सुवेदी तथा भारत मधुवनी जिल्लाका डिष्ट्रिक मजिस्टेड लगायतका सुरक्षा अधिकारी सहभागी थिए ।

जुम्लामा तीन सय सेना
जुम्ला– आगामी संविधानसभाको निर्वाचन नजिकिँदै गर्दा जुम्लामा सुरक्षा अवस्था कडा तीन सय नेपाली सेना परिचालन गरिने निर्णय भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा प्रशासन तथा सुरक्षा निकायसँग बसेको बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाहेक करिब तीन सय नेपाली सेना परिचालन गर्ने निर्णय भएको हो ।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माका अनुसार निर्वाचनका लागि कर्मचारीले कसरी मतपेटिका तथा मतदान सामग्री मतदान केन्द्रमा सहजताका साथ लैजान र ल्याउन सुरक्षा व्यवस्था अपनाउने भन्ने विषयमा पनि छलफल भएको थियो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापा, प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलगायतका सुरक्षा अधिकारीको उपस्थिति रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us