निर्वाचन बिथोल्न खोज्नेलाई कारबाहीको चेतावनी

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते १४:३७ मा प्रकाशित

khilraj regmiकाठमाडु, १३ कात्तिक– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचन बिथोल्न खोज्ने र विद्यमान कानुन विपरीतका गतिविधि गर्नेहरूमाथि कारबाही हुने बताएका छन् ।

निष्पक्ष, स्वतन्त्र एवम् भयरहित ढङ्गले निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै निर्वाचन बिथोल्न कानुन विपरितका कार्य गर्नेहरुलाई कारवाहीको निर्देशन दिइसकेको बताउका हुन् । युरोपेली सङ्घको निर्वाचन पर्यवेक्षण ‘मिसन’ का प्रमुख तथा युरोपेली संसदका सदस्य इभा जोलीसँगको भेटमा निर्वाचन सम्पन्न गर्ने अभियानमा सरकार लागिपरेको बताए ।

बुधबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको भेटमा उनीहरुबीच आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका प्रवक्ता महेन्द्रबहादुर थापाले जनाए ।

सङ्घका तर्फबाट १०० जना पर्यवेक्षक परिचालित हुने आगामी निर्वाचन शान्तिपूर्ण वातावरणमा हुन लागेको देशका विभिन्न भागमा खटिएका मिसनका पर्यवेक्षकहरुले आफूलाई प्रतिवेदन दिएको सांसद जोलीले बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us