२६ प्यालेस्टाइनी कैदी रिहा

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते २:४६ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक–इजरायलले थप २६ जना प्यालेस्टाइनी कैदीहरुलाई रिहा गरेको छ । इजरायल र प्यालेस्टाइनबीचको शान्ति वार्तामा सहयोग पुर्याउने उद्देश्यले कैदी रिहा गरिएको हो । दुई देशबीच भएको पूर्वसहमति अनुरुप कैदी रिहा भएको बीबीसीले जनाएको छ ।

रिहा हुनेहरुमा हत्या आरोपमा १९ देखि २८ वर्षसम्म कैदमा बसेकाहरु रहेका छन् ।

इजरायल र प्यालेस्टाइनका अधिकारीहरुले तीन वर्षदेखि रोकिएको शान्ति वार्ता गत अगस्ट महिनामा पुनः सुरु गरेका थिए । इजरायलले यसअघि तीनपटक गरी प्यालेस्टाइनी कैदी रिहा गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us