प्रचण्डले भने–म २४० वटै क्षेत्रको उम्मेदवार जस्तो भएँ (फोटो फिचर सहित)

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते ८:४० मा प्रकाशित

Prachanda-Baneshworकाठमाण्डु १२ कात्तिक–एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आफु २४० वटै निर्वाचन क्षेत्रको उम्मेद्वार जस्तो भएको बताएका छन । काठमाण्डुं–१ को चुनावी सभालाई मंगलवार सम्बोधन गर्दै प्रचण्डले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
काग्रेस–एमालेका शीर्ष नेताहरु आ–आफ्ना निर्वाचन क्षेत्रमा सम्पूर्ण शक्ति लगाएर केन्द्रित भएपनि प्रचण्ड दैनिक बिभिन्न जिल्लामा पुग्ने गरेका छन् ।

DSC_6379प्रचण्डले आफुले देश दौडाहा गर्दा जनताको मुड परिवर्तन आएको र आर्थिक समृद्धिको पक्षमा जनमत देखिएको बताए । आफनो पार्टीले स्पष्ट बहुमत ल्याउने संकेत पाएको जानकारी दिदै प्रचण्डले राजनीतिक संक्रमणको केन्द्रीय भागमा रहेको राजधानी काठमाण्डु र त्यसमा पनि निर्वाचन क्षेत्र नम्बर १ का सचेत जनताले संविधानसभा, गणतन्त्र र संघीयता विरोधी तथा आर्थिक समृद्धिको भिजन नै नभएका काग्रेस–एमालेलाई भोट नदिनेमा आफु ढुक्क रहेको बताए ।

प्रचण्डले इतिहासले हरेक पार्टीलाई एक पटक अवसर दिने स्मरण गराउदै काँग्रेस–एमालेले अवसर पाएपनि काम गर्न नसक्दा नेपाल गरिव मुलुक भएर बाच्नु परेको बताए । उनले १० बर्षको जनयुद्ध लडेर आएको माओवादीकै बलमा देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आएको बताउँदै इतिहासले अहिले माओवादीलाई शासन सत्ता चलाउने अवसर दिने बताए । प्रचण्डले पार्टीको हैटौडा महाधिवेशनबाट पारित आर्थिक क्रान्तिको कार्यदिशा, दुई छिमेकीसँगको प्रगतिशिल राष्ट्रवादको आधारमा सहकार्य गरेर आफुहरुले चुनावपछि देशलाई विकासको गतिमा दौडाउने बताए ।

तत्कालीन प्रधानसेनापति रुक्माङगत कटवाललाई कारवाही गर्ने बेला एमाले सहमत भएपनि अन्तिम समयमा राष्ट्रपतिको गुहार माग्न पुगेको स्मरण गराउँदै प्रचण्डले एमालेलाई इतिहासकै सवैभन्दा धोकेबाज पार्टीको संज्ञा दिए । प्रचण्डले त्यस्ता घोकेवाज शक्तिहरुबाट देश चल्नै नसक्ने दावी गरे । उनले २०४८ सालमा बहुमत पाएर पनि देश चलाउन नसक्ने काग्रेसबाट पनि देशको निकास सम्भव नभएको जिकिर गरे ।

प्रचण्डले विगतमा मधेशका जनतालाई स्पष्टसँग बुझाउन नसक्दा मधेशबाट माआवादीको थोरै सिट आएको जानकारी गराउँदै यसपटक मधेशमा ५० सिट सजिलै जितिने बताए । त्यसले माओवादीलाई बहुमत पुर्‍याउन ठूलो मद्दत पुग्ने प्रचण्डको भनाई थियो ।

कार्यक्रममा काठमाण्डुं–१ की एमाओवादी उम्मेदवार रेणु दाहालले जनताले आफुहरुलाई असाध्यै माया गरेको देखेर प्रतिस्पर्धीहरु आत्तिएको बताइन । रेणुले आफ्नो जित सुनिश्चत हुँदै गएको जानकारी गराइन । काँग्रेस महामन्त्री प्रकासमान सिंहसँग प्रतिस्पर्धामा उत्रिएकी रेणुका पक्षमा कार्यक्रममा काग्रेस–एमाले लगायतका पार्टी छाडेर सयौ नेता–कार्यकर्ता एमाआवादीमा प्रवेश गरेका थिए ।

Prachanda @ Kirtipur1यसअघि प्रचण्डले काठमाण्डु–१०स्थित आफना मतदाताहरुका घर–घरमा पुगेर मत मागेका थिए । उनी सोही क्षेत्रका प्रत्यक्षतर्फको उम्मेदवार पनि हुन् ।

Prachanda @ Kirtipur2घरदैलो कार्यक्रम कीर्तिपुरको पाँगाबाट शुरु भएको थियो । घरदैलो कार्यक्रमकालागि उनी झण्डै डेढ घण्टा पैदल हिँडेका थिए । कार्यक्रममा एमाओवादीका नेता–कार्यकर्ताको लामै लस्कर थियो । Prachanda @ Kirtipur3ठाउँ ठाउँमा हुने समर्थक र कार्यकर्ताको भीडभाडले सुरक्षाकर्मीलाई सुरक्षा दिन हम्मे हम्मे परेको थियो । प्रचण्डलाई स्थानीयले माला, टीका र खादा ओढाएर सम्मान गरेका थिए । – तस्विर : दिनेश श्रेष्ठ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us