‘वैद्य माओवादी अर्धभुमिगत’

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते ३:५४ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक–सरकारको कडाइपछि चुनावको विरोध गर्दै आएका वैद्य माओवादी र माओवादी नेतृत्वको मोर्चामा आबद्ध दलका नेता–कार्यकर्ताहरु सम्पर्क बाहिर हुन थालेका छन् । इलाममा माओवादी र मोर्चामा आबद्ध मन्चसम्बद्ध संघीय लिम्बुवान राज्यपरिषदका कार्यकर्ताहरु सम्पर्क बाहिर रहेका छन् ।

चुनाव विरुद्ध सकृय नेता–कार्यकर्ताको सूची नै तयार पारेर खोजी जारी राखेपछि उनीहरु सम्पर्क विहीन भएको प्रहरी स्रोतले जनाएको छ । विगत दुई–तीन दिनदेखि चुनाव विरोधी गतिविधिमा सकृय दल र समूहका नेताकार्यकर्ता सम्पर्कमा नरहेको प्रहरीको भनाई छ ।

वैद्य माओवादीले पनि सरकारले नियन्त्रणमा लिन थालेपछि अर्ध भुमिगत भएको स्वीकार गरेको छ । ईलामका वैद्य माओवादी इन्चार्ज कान्छा लामाले भने, ‘सरकारले धरपकड र दमन गर्न थालेपछि अर्ध भुमिगत हुन बाध्य भयौं ।’ उनले शान्तिपूर्णरुपमा चुनाव बहिस्कार गर्न पाउनु नागरिकको अधिकार भएको भन्दै सरकारको दमनको विरोध पनि गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us