दुर्घटनामा तीनजनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते १:३८ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक–चितवन र नवलपरासीमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । चितवनको कबिलास गाविसको सत्रकिलो भन्ने स्थानमा मिनी ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ना ४ ख १७५३ नम्बरको मिनी ट्रक सडकबाट झण्डै चालिस मिटर तल त्रिशुली नदी किनारमा खस्दा चालक ललितपुर लेले–४ का २८ बर्षीय महेन्द्र बम्जन र सहचालक मकवानपुर दामनका २० बर्षीय कृष्ण थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी नवलपरासीको कुडीयामा गुडिरहेको लु २ त १३५० नम्बरको ट्याक्टरको पछाडी लु ५ प ८४५० नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाइकलमा सवार दाउन्नेदेवीका ३२ बर्षीय काले थापाको मृत्यु भएको छ । उनको उपचारको क्रममा पुरानो मेडीकल कलेज भरतपुर चितवनमा मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका २९ बर्षीय रामु गुरुङको सोही अस्पतालमा उपचार भईरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us