चुनावकोबेला शिक्षकहरु किन बसे अनसनमा ?

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते १:३० मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक–देशभर चुनावको माहोल तिव्र भैरहेकोबेला अस्थायी शिक्षकहरु भने अनशनमा बसेका छन् । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले सोमबारदेखि शान्तिबाटिकामा २४ घण्टे रिले अनसन सुरू गरेको हो ।

प्रक्रिया पूरा गरी स्थायी गरिनुपर्ने आफूको मागलाई शिक्षा ऐनमा सम्बोधन गरिएपनि नियमावलीमा त्यसलाई उल्लेख नगरिएको भन्दै पुनः आन्दोलन थालिएको समितिका महासचिव दिनेश थापाले बताए । अस्थायीलाई आन्तरिक (प्रतिस्पर्धा) प्रक्रियाबाट स्थायी गरिनुपर्ने मागमा शिक्षा मन्त्रालयले यसअघि नै सहमति गरेको थियो ।

सहमतिलाई नियमावलीमा समावेश नगर्दा शिक्षक सेवा आयोगले गत वर्ष लिएको स्थायी शिक्षकको परीक्षामा अस्थायीहरूले खुल्ला प्रतिस्पर्धा गरेका थिए । सो परीक्षामा २०६३ साल वैशाख ११ भन्दा अगाडि अस्थायी सेवामा कार्यरत शिक्षकलाई उमेरको हदबन्दी भने लगाइएको थिएन ।

२०६३ साल यता नियुक्त पाएका अस्थायी शिक्षकरूले पनि अलगै आन्दोलन गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us