
वीरगन्ज,११ कात्तिक–प्रधानसेनापति गौरवशम्शेर जबराले संबिधानसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने दिशामा लाग्न आफू मातहतका निकायलाई निर्देशन दिएका छन ।
पर्सामा रहेको नेपाली सेनाका ब्यारेकहरुको निरीक्षणका क्रममा सोमबार प्रधानसेनापति राणाले त्यस्तो निर्देशन दिएका हुन ।
निर्वाचन सुरक्षाको विषयमा प्रधानसेनापति जबराले पर्साको लँगडीमा स्थापना गरिएको सेनाको ब्यारेकको निरीक्षण गरेका छन । संविधानसभाको निर्वाचनको तयारीको विषयमा उनले जानकारी लिएको नेपाली सेनाको वीरगन्जस्थित कार्यालयले जानकारी दिएको छ ।
सरकारको नीतिअनुसार नेपाली सेना पर्साको पाँचवटै निर्वाचन क्षेत्रमा कात्तिकको पहिलो साताबाट नै परिचालित भइरहेको छ । रासस