तिहारको घुइँचोले असन छिर्न सास्ती

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते १२:५१ मा प्रकाशित

ason-bazarकाठमाण्डु, ११ कात्तिक– नेपालीको दोस्रो ठूलो महान् चाड तिहारको आगमनसँगै काठमाण्डुका असन, मरुजस्ता मुख्य बजारमा तिहारमा किनमेल गर्नेको निकै घुइँचो बढ्दै गएको छ । साथै तिहारका लागि आवश्यक सामान बिक्री गर्ने ठूला व्यापारीसहित स–साना फुथपाथका पसल बढेपछि असनको बजार छिर्न पैदलयात्रुलाई समस्या भएको छ ।

सुन्धारा, असनलगायतका क्षेत्रमा काजु, पेस्ताजस्ता मसलासहित तिहारका लागि आवश्यक वस्तु मखनले फूलको माला, हाँसको अन्डा, सुकेको र भिजेको माछा बिक्री गर्ने तथा खरिद गर्नेको घुइँचोले तिहारको रौनक बढाएको छ । नेवार समुदायमा प्रयोग हुने कालो भटमास, स्याबजी, खेलुइताजस्ता सामग्रीका साथै मखन क्षेत्रमा लुगाफाटा र किसमिस किनबेच गर्नेको चलपहलमा वृद्धि भएको छ ।

तिहारमा भीड बढ्दै गएको कारण स्थानीय क्लबले चारपाङ्ग्रे सवारी साधनलाई असन छिर्न रोक लगाएको छ । काग तिहारदेखि सुरु हुने तिहारमा नेवार समुदायले नेपाल संवत्अनुसारको नयाँ वर्ष र म्हपूजा पनि मनाउने चलन छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us