ओलीले भने ‘निकासका लागि निर्वाचन’, श्रेष्ठले भने ‘विकासका लागि निर्वाचन’

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते ११:५७ मा प्रकाशित

KP-Oliझापा, ११ कात्तिक– नेकपा (एमाले)का नेता केपी ओलीले मुलुकलाई अग्रगामी निकासका लागि निर्वाचन आवश्यक भएको उल्लेख गर्दै निर्वाचन देश र समयको माग भएको बताएका छन् ।

एमाले प्रचार–प्रसार कमिटीले सोमबार दमक–३ मा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ओलीले भने, ‘कुनै एउटा दल विशेषका निम्ति निर्वाचन होइन, मुलुकलाई निकास र शान्ति, संविधानको सुनिश्चित दिन निर्वाचन एकमात्र विकल्प भएको छ ।’

झापा क्षेत्र नं ७ का एमालेतर्फका प्रत्यक्ष उम्मेदवार रहेका उनले आसन्न निर्वाचन मुलुकको अग्रगामी रूपान्तरणका लागि निर्वाचन अवसरसमेत भएको बताए । निर्वाचन बिथोल्न खोज्ने दलहरु आफैं पाखा लाग्ने दावी गर्दै एमालेलाई बहुमत नदिए लोकतन्त्र र नयाँ संविधान बन्न नसक्ने जिकिर सोत गरे ।

Narayankajiविकासको लहर आउनेछः नेता श्रेष्ठ
हेटौंडा, ११ कात्तिक– एकीकृत कम्युनिस्ट पार्टी (माओवादी)का नेता मकवानपुर निर्वाचन क्षेत्र नं २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले संविधान बने विकासको लहर स्वतः बन्ने बताएका छन् ।

टिस्टुङ गाविसको घरदैलोपछि बौल्दै नेता श्रेष्ठले एमाओवादीले जितेमा एक वर्षभित्र नै संविधान बन्ने जिकिर गरे । थाहा आन्दोलनका प्रणेता स्व रुपचन्द्र विष्टको जन्मथलो रहेकै कारणले यस क्षेत्रसँग भवानात्मक सम्बन्ध रहेको बताउँदै नेता श्रेष्ठले आफ्नो मुख्य उद्देश्य नै स्व. विष्टको अधुरो काम पूरा गर्नु रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us