भीरबाट भ्यान खस्दा ८ को मृत्यु, ८ गम्भिर

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते ११:३४ मा प्रकाशित

taplejung_district_mapताप्लेजुङ, ११ कात्तिक– पाँचथरको फिदिमबाट ताप्लेजुङतर्फ आउँदै गरेको पिक अप भ्यान भीरबाट खस्दा ८ जनाको ज्यान गएको छ । ८ जना गम्भिर घाइते भएका छन् ।

यात्रु बोकेर गन्त्व्यतर्फ जाँदै गर्दा मेची राजमार्गसिथ्र्त ताप्लेजुङ दोखु ६ मा पर्ने धुसेनी भीरबाट मे १ ज १४३६ नम्बरको भ्यान करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको हो । घाइतेको प्रहरी, सशस्त्र प्रहरीले स्थानीयको सहयोगमा उद्धार जारी राखेको छ । घाइतेहरुको जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको छ ।

ज्यान गुमाउनेमध्ये सवारी धनी खगेन्द्र श्रेष्ठ र थर पत्ता नलागेका चालक श्यामको सनाखत भएको छ भने अरुको पहिचान खुलेको छैन । दुर्घटनामा ज्यान गुमाउनेमा एक बच्चा पनि रहेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

भ्यानमा यति नै यात्रु थिए भन्ने नखुले पनि शव र घाइतेको आधारमा १६ जना यात्रु रहेको ताप्लेजुङ प्रहरीले जनाएको छ । सानो भ्यानमा धेरै यात्रुका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us