गाडी चलाएकै कारण साउदीमा महिलाहरुलाई जरिवाना

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते १०:०१ मा प्रकाशित

साउदी– साउदी अरबका प्रहरीले गाडी चलाएकै कारण ६० जना महिलाहरुलाई जरिवाना तिराएको छ । साथै प्रहरीले उनीहरुलाई पुनः गाडी नचलाउन पनि चेतावनी दिँदै आफ्नो गाडीको साँचो घरका पुरुषलाई सुम्पिन भनेको छ ।

सन् १९९० माम महिलाहरुलाई गाडी चलाउन गर्न रोक लगाएको साउदी सरकारका प्रहरीले हरेक महिलाबाट गाडी चलाएको निहुँमा ८० अमेरिकी डलर जरिवाना भराएको छ । गत शनिबार त्यहाँका महिलाहरुले यस घटनाको विरोध गर्दै इन्टरनेटमा यस्तो भिडियो पोष्ट गरे, जसमा महिलाहरु नै गाडी चलाइरहेको देख्न सकिन्थ्यो ।

साउदी अरबका कार्यकर्ताले भनेका छन् कि ६० भन्दा बढी महिलाले सरकारी चेतावनीको उल्लंघन गर्दै महिलाहरुलाई गाडी चलाउनमा रोक लगाएकोमा विरोध गरेका छन् । उनीहरुले पुरुषसरह महिलाले पनि गाडी चलाउन पाउनु पर्ने माग समेत गरेका बीबीसीले जनाएको छ ।

saudi_arabia_women_car_driver

महिलाद्वारा सरकारको विरोध, पुरुषद्वारा महिलाको विरोध

महिलाहरुले गाडी चलाउन रोक लगाउकोमा विरोध गरिरहेको बेला सायदीकै राजधानी रियादमा केही मानिसहरुले भने महिलाहरुले गाडी चलाएकोमा विरोध गरेका छन् ।

‘ड्राइभिङको लागि प्रदर्शन र अभियान किन ? महिलाहरुलाई ड्राइभिङको किन जरुरी ? स्कुल त उनीहरु नीजि ड्राइभरका साथ जाने गर्छन्, ड्राइभरकै साथ घर फर्कन्छन् । जहाँ जान परे पनि नीजि ड्राइभरका साथ जान सक्छन् । ड्राइभिङको जरुरी म त देख्दिन’, रियादका स्थानीय अब्दुल्ला अल दाखिलले महिलाहरुको क्रियाकलापको विरोध गरेका छन् ।

केही मानिसहरुले महिलाहरुले गाडी चलाउँदा ट्राफिक जामको समस्या हुने भन्दै महिलाहरुले ड्राइभिङ गर्न नहुने तर्क राखेका छन् । खालिद पनि यिनैमध्ये एक हुन् । खालिद भन्छन्, ‘तपाईं रियादमा ट्राफिक जाम भोगिरहनु भएकै छ । हरेक दिन काममा जाने बेला हामी लामो जाम भाग्छौं । यस्तो अवस्थामा महिलाहरुले पनि गाडी चलाए भने स्थिति के हुन्छ ?’

साउदी अरबमा महिलाहरुले निकै समयदेखि ड्राइभिङका अधिकार पाउन पर्ने भन्दै माग गरिरहेका छन् । तर, साउदी प्रशासन तथा समाजसँग भने यो मान्न तयार छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us