काठमाण्डु ११ कात्तिक–महिला उद्यमी संघले भारतको कोलकतामा आगामी मंसिरमा हुने व्यापार मेलामा आपूmहरुलाई १० वटा स्टल उपलब्ध गराइदिन माग गरेको छ । संघको एक प्रतिनिधिमण्डलले वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई सोमबार भेट गरी अन्तर्राष्ट्रिय व्यापारमा स्थानीय उत्पादनको प्रदर्शन गर्न सके व्यापार प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए ।
उनीहरुले अघिल्ला वर्षहरुमा यस्ता प्रदर्शनको स्टल दिँदा न्यायोचित बाँडफाँड नहुने गरेको भन्दै यसपटक त्यस्तो गल्ती नदोहो¥याउन आग्रह गरे । सो अवसरमा मन्त्री कोइरालाले अन्तर्राष्ट्रिय व्यापार मेला देशको आर्थिक, व्यापारिक प्रवद्र्धनसंग जोडिएकाले त्यसलाई व्यवस्थित बनाइने बताए । उनले स्टल दिँदा सवै क्षेत्रको प्रतिनिधित्व होस् भन्नका लागि सरकार सतर्क भएर अघि बढ्ने विश्वास दिलाए ।