भन्सारबाट जाँचपास भई निस्किएको ट्रक प्रहरी नियन्त्रणमा

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते ८:०३ मा प्रकाशित

पर्सा, ११ कात्तिक–वीरगन्ज भन्सारबाट जाँचपास भई निस्किएको दुईवटा ट्रक भन्सार छली गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगन्ज भन्सारबाट आइतबार जाँचपास भई निस्किएको ना२ख ९६४२ र ना२ख ९३९१ नम्बरको ट्रक प्रहरीले गएराति वीरगन्जको रजतजयन्ती चोकबाट नियन्त्रणमा लिएको हो । भन्सारबाट जाँचपास भई निस्किएको ट्रकमा प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी सामान रहेको सूचनाका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।
नियन्त्रणमा लिइएको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाउने प्रहरीले जनाएको छ । बरामद गरिएका दुवै ट्रक वीरगन्जको अदर्शनगरस्थित महाशक्ति ट्रान्सपोर्टको सामान ढुवानीमा प्रयोग भएका हुन् । प्रहरी नियन्त्रणमा रहेका ट्रकमा विभिन्न किसिमका कपडा रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us