डडेल्धुरा, ११ कात्तिक–नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचन पछि संविधान संशोधन गरेर भए पनि नेकपा–माओवादीलाई संविधानसभामा ल्याउने विकल्प खुला रहेको धारणा राखेका छन् ।
नेकपा–माओवादीसहितका दललाई संविधानसभा निर्वाचनमा ल्याउन आफूले अन्तिम समयसम्म प्रयास गरेको दावी गर्दै नेता देउवाले अब बन्ने संविधानसभाले असन्तुष्ट दलको भावनालाई पनि समेट्नुपर्नेमा जोड दिए ।
‘वैद्य माओवादी पनि एउटा शक्ति र पार्टी त हो नी,’ गृहजिल्ला डडेलधुरामा सन्चारकर्मीसँग कुरा गर्दै नेता देउवाले भने, ‘म उहाँ (मोहन वैद्य)लाई विश्वास दिलाउन चाहन्छु, हामी उहाँसँग सरसल्लाह गरेर नै संविधान बनाउने छौं ।’
निर्वाचनपछि संविधान संशोधन गरेर पनि माओवादीलाई संविधानसभामा ल्याउने विकल्पमा छलफल गर्न काँग्रेस तयार रहेको देउवाको भनाइ छ ।
एक फरक प्रसंगमा उनले देशभर काँग्रेसका पक्षमा जनलहर आएको भन्दै सुदूरपश्चिममा २१ वटै सिट काँग्रेसले जित्ने बताए ।