सबै टेलिफोन नम्बर १० अंकको हुने

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते ५:५५ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक–नेपाल दुरसञ्चार प्राधिकरणले सबै फोन नम्बर १० अंकको बनाउने भएको छ । हाल मोबाइल नम्बर दश अंककै भए पनि तारमा आधारित टेलिफोन नम्बर जिल्लाकोड सहित ९ अंक छ ।

आगामी आर्थिक बर्षदेखि नयाँ राष्ट्रिय नम्बरिङ योजना लागु गर्ने दुरसञ्चार प्राधिकरणले जनाएको छ । नयाँ योजना लागु भएमा तारमा आधारित टेलिफोन नम्बर पनि दश अंककै हुनेछन् ।

प्रधिकरणका अनुसार तारमा आधारित सबै टेलिफोनको सुरुमा २० अंक थपिनेछ । नयाँ मस्यौदा तयार भइसकेको र सरोकारवालाको राय सुझाव लिएर आगामि आर्थिक बर्षबाट लागु गर्ने तयारी भैरहेको प्राधिकरणले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us