पर्यटक आगमन कमी

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते १:१७ मा प्रकाशित

कैलाली, ११ कात्तिक–चालु आर्थिक वर्षको पहिलो तीन महिनामा त्रिनगर नाका भएर भित्रिने र बाहिरिने पर्यटकको सङ्ख्या घटेको छ । यस वर्ष गत साउनदेखि असोज मसान्तसम्म उक्त नाकाबाट आठ पर्यटक भित्रिएका र दुई जना बाहिरिएका छन् ।Kailali

गत वर्षको सोही अवधिमा १३ भित्रिएका र नौं जना बाहिरिएका थिए । गत साउन महिनामा एक, भदौमा दुई र असोजमा पाँच जना भित्रिएका छन् । त्यस्तै भदौमा दुई जना बाहिरिएको अध्यागमन कार्यालयले जनाएको छ ।

गत वर्ष साउन महिनामा चार, भदौमा आठ र असोजमा एक जना भित्रिएका थिए । भदौ र असोजमा क्रमशः चार र पाँच जना पर्यटक बाहिरिएका थिए । प्रचारप्रसार, नाकामा सुदूरपश्चिमका पर्यटकीय गन्तव्यबारे आवश्यक जानकारी अभाव र नाकामा हुने झन्झटले एकपटक आएका पर्यटक फिर्ता नहुने कार्यालयले जनाएको छ । कार्यालयले तेस्रो मुलुकबाट यहाँ आउने पर्यटकको मात्रै लगत राख्ने गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us