३३ करोड पाउण्डको कार्यक्रम चलाउन डिफिडमा नयाँ प्रमुख

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १३:०१ मा प्रकाशित

DFID NEPAL१० कात्तिक–बेलायती दातृ संस्था डिफिड नेपालमा सोमबारदेखि नयाँ प्रमुखले कार्यभार सम्हाल्दैछिन् डोमिनिक ओनिललाई प्रतिस्थापन गर्दै डिफिडमा अर्थ विज्ञ डा.गेल मारजेटीले कार्यभार सम्हाल्न लागेकी हुन् ।

गेलले डिफिड नेपालको चार वर्षसम्म ३३.१ करोड पाउण्डको राष्ट्यि कार्यक्रम हेर्ने छिन् । जुन नेपलमै सवैभन्दा ठूलो द्विदेशीय कार्यक्रम हो । नेपाल आए पछि गेलले भनिन् ‘आगामी केही बर्ष नेपालमा बस्ने र काम गर्ने अवसर पाएकोमा प्रसन्न छु । हामीले चारवर्षे राष्ट्रिय योजना कार्यान्वयन गरिरहेका छौं, यो साकार तुल्याउन मैले नेपाल सरकार र यहाँका जनता तथा हाम्रा सवै अन्य साझेदारसँग काम गर्ने आशा राखेकी छु ।’

सन् २००० देखि डिफिडमा कार्यरत डा. गेलले कार्यलय प्रमुख, संयुक्त राष्ट्र संघ/डिएफआईडी प्रतिनिधि र हालसालै डिफिड अनुसन्धान तथा प्रमाण विभागको उपनिर्देशकको रुपमा काम गरिसकेका छन् । ब्राजिल र मोजाम्विकमा धेरै वर्ष काम गरेकी उनले इन्स्टीच्यूज अफ डेभलपमेन्ट पोलिसी एन्ड म्यानेजमेन्ट, म्यान्चेष्टरबाट पिएचडी गरेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us