पुष्प मेलामा २१ लाखको कारोबार

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १२:२७ मा प्रकाशित

Pushpa_melaललितपुर, १० कात्तिक– गत शुक्रबारदेखि सुरु भएको सातौँ पुष्प व्यापार मेलामा गत वर्षभन्दा करिब दुई लाख रुपैयाँ आम्दानी बढी गरेको छ । मेलामा गतवर्ष १९ लाखको कारोबार भएकोमा यसपटक २१ लाख रुपैयाँको कारोबार भएको छ ।

गत वर्षको तुलनामा दर्शकको सङ्ख्यामा समेत वृद्धि भई २० हजारबाट २३ हजार पुगेको आयोजक लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेका अनुसार गत वर्षभन्दा यसवर्ष १० वटा कक्ष बढाएर ३४ वटा कक्ष राखिएकाले अन्य फूलले पनि स्थान पाएको र व्यापार बढेको हो ।

हरेक वर्ष दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर आयोजना गरिने मेलामा मखमली, गोदावरी र सयपत्री फूललाई मुख्य स्थान दिँदै ३४ ओटा कक्ष करिब २०० भन्दा बढी प्रजातिका फूल प्रदर्शनमा राखिएको थियो । मेला आइतबार सकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us