नाफा मात्र नहेर्न किसानलाई बास्कोटाको आग्रह

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १४:१९ मा प्रकाशित

krishna-hari-baskotaकाठमाण्डु, १० कात्तिक– सरकारले अत्यधिक मात्रामा रासायनिक मल प्रयोग हुँदा माटोको गुणस्तरमा ह्रास आइ उत्पादन घट्ने भन्दै प्राङ्गारिक मलको प्रयोगमा जोड दिएको छ ।

काभ्रेको बनेपा तरकारी बजार, कुशादेवी कृषक पाठशाला र महादेवस्थान गाविसमा एकीकृत विषादी व्यवस्थापन प्रविधिबाट उत्पादन गर्ने किसानहरूसँग बनेपामा भएको छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कृष्णहरि बास्कोटाले प्रारंगिक मलमा जोड दिएका हुन् ।

‘स्वास्थ्यका लागि घातक विषादी प्रयोग गरी केवल आफ्नो नाफा मात्रै हेर्ने गैर जिम्मेवार किसान वा बिक्रेतालाई कारबाही गर्ने प्रतिवद्धता जनाउँछु’, सचिव बास्कोटाले कार्यक्रममा भने । घातक विषादीको सट्टा जैविक विषादी प्रयोग गरी विशेषगरी हरियो तरकारी, फलफूल र कृषि उब्जनी बढाउन उनले किसानहरुलाई आग्रह गरे ।

उनले नेपाल सरकारले पाँचैवटा विकास क्षेत्रमा कम्तिमा एक÷एक वटा प्राङ्गारिक मल कारखाना स्थापना गर्ने लक्ष्य राखेको र यस्तो कारखाना स्थापना गर्नेलाई ५० प्रतिशत अनुदान दिने सरकारी नीति रहेको बताए ।

हाल पाँचै विकास क्षेत्रका १७ जिल्लामा सञ्चालित सो कार्यक्रममा १४ हजार ३३६ किसान सेमटिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us