एनआरएनएले पाँचतारे होटल बनाउने

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते ११:०० मा प्रकाशित

NRN-logoकाठमाण्डु, ९ कात्तिक– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नेपालमा दुईसय ‘डिलक्स’ कोठायुक्त पाँच तारे होटल काठमाण्डु, पोखरा, चितवन वा लुम्बिनीमा स्थापना गर्ने घोषणा गरेको छ ।

मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाँच तारे होटल खोल्न लागेको भन्दै एनआरएनका अध्यक्ष शेष घलेले यसबाट स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना हुने बताए । काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष घलेले भने, ‘मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍यान होटल क्षेत्र उपयुक्त माध्यम भएकाले लगानी गर्न लागेका हौं । बिस्तारै जलविद्युत्, व्यावसायिक कृषि फर्म र पूर्वाधार विकासको क्षेत्रमा पनि लगानी गर्दै जान्छौं ।’

त्यस्र्तै संघले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका र अलपत्र परेकाहरुको अर्थिक सहयोगका लागि राहत कोषको स्थापना गर्दै एक करोड रुपैयाँ प्रदान गरेको घलले बताए ।   काठमाण्डुमा संघको कार्यालय स्थापना गर्न तीन करोड ६५ लाख रुपैयाँ सङ्कलन गरिसकेको पनि पत्रार सम्मेलनमा जानकारी गराइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us