
सोलुखुम्बु, ९ कात्तिक– कुल मतदाता संख्या एक हजार ९२ रहेको सोलुखुम्बुको गार्मा गाविसको वडा नं. २ मा भने १२ जनामात्र मतदाता रहेका छन् । गार्मा, सदरमुकाम सल्लेरी गाविससँग जोडिएको गाविस हो ।
त्यस्तै गोराखानी गाविसको वडा नम्बर १ मा पनि ३२ जनामात्र मतदाता रहेका छन् । गोराखानी गाविसको कुल मतदाता सङ्ख्या ७८१ रहेको छ । त्यस्तै भकाञ्जे गाविसमा ६७३ मतदाता रहेका छन् भने सोताङ गाविसमा दुई हजार ७०७ जना र सदरमुकाम सल्लेरी गाविसमा दुई हजार ४६८ जना मतदाता रहेका छन् ।
जिल्लामा यस पटक कुल ५२ हजार ७२५ मतदाता रहेका छन् । जसमा जिल्लाका ३४ वटा गाविसमध्ये सबैभन्दा कम तामाखानी गाविसमा ६१७ र सल्यान गाविसमा सबैभन्दा बढी दुई हजार ९६१ जना मतदाता रहेका छन् । रासस