ललितपुर महासंघद्धारा पुरस्कार स्थापना

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते ८:२० मा प्रकाशित

ललितपुर, ९ कात्तिक– नेपाल पत्रकार महासंघ ललितपुर शाखाले उत्कृष्ट पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ  ।
fnj logoशाखाकोसचिवालयको बैठकले जिल्लाको विकास निर्माणमा उत्कृष्ट रिर्पोटिङ गर्ने एक जना पत्रकारलाइ सो पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।
वार्षिक रुपमा प्रदान गरिने पुरस्कारको राशी ५ हजार नगद तथा सम्मानपत्र रहने शाखाका कार्यवाहक अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिए । यस्तै शाखाले आफ्ना सदस्यहरुलाई सदस्यता नवीकरण गर्न पनि आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us